रामायणमा राम्रो कर्म गर्नेलाई मर्यादा पुरुषोत्तमका रुपमा रामलाई हेरिने गरिएको र खराब प्रवृत्ति भएकालाई रावणको भूमिकामा हेरिएजस्तै यो चलचित्रमा पनि राम र रावणको भूमिकालाई प्रतिनिधित्व गर्ने गरी पात्र चयन गरिएको र उनीहरुलाई सोही अनुसारको भूमिका प्रदान गरिएको निर्माता गिरीले बताए ।
उनले भने ‘रामायणकालीन समयको जस्तो यो चलचित्र छैन तर, राम र रावणको चरित्रलाई जनाउन खोजिएको छ ।’
चलचित्र छायाङ्कनका लागि लंकाको जस्तै परिवेश देखिने स्थानलाई चयन गरिएको र नेपालको श्रीलङ्काका नामले परिचित केसीको टापुमा चलचित्र छायांकन गरिएको छ ।
चलचित्र चक्रघट्टी, रामधुनी, राजावास, जनकपुर, उदयपुर, कोसी लगायतका क्षेत्रमा छायङ्कन गरिएको छ ।
चलचित्रमा चारवटा गीतलाई समावेश गरिएको र गीतमा समेत हरेक पक्षलाई समेटिएको निर्देशक गिरीको दावी छ । झट्ट सुन्दा यो चलचित्र ऐतिहासिक, धार्मिक तथा पौराणिक जस्तो सुनिएपनि यो चलचित्र विशुद्ध सन्देशमूलक र पारिवारिक रहेको बताइएको छ ।
चलचित्रमा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरसिया, किशनबाबु बस्नेत, रमेश सोडारी, युवराज गिरी लगायतका कलाकारको अभिनय छ ।
चलचित्र आगामी असोजसम्ममा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
प्रतिक्रिया