सागर दाहालले ल्याए ‘आइ एम जष्ट योर लभ’

शनिबार, १३ जेठ २०८०
विराटनगर । मोरङका गायक सागर दाहालको पहिलो गीत ‘आई एम जष्ट योर लभ’ सार्वजनिक गरिएको छ । ‘हाउस अफ आर्ट’ नामक यूट्युव च्यानलबाट म्यूजिक भिडियोसहितको गीत सार्वजनिक भएको हो । गायक दाहालकै शब्द र संगीत रहेको गीतमा कलारकारहरु काजोल कार्की, रमेश भट्टराई, आरती बस्नेत, निशा दाहाललगायतले अभिनय गरेका छन् । युवा अवस्थाको प्रेम कथा समेटिएको गीतमा एकोहोरो माया गरेर व्यक्त गर्न नसक्दाको परिणाम झल्काउन खोजिएको छ । क्षितिज कोइरालाको निर्देशनमा रहेको गीतको एजेन्ज दिपेन थापा (स्मृति ब्याण्ड) ले गरेका छन् । गीत सार्वजनिक भएसँगै गायक दाहालले आफ्नो पहिलो प्रयासलाई दर्शकले मन पराएर हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार