बेलकालाई भारतिय दूतावासको ४ कारोड ६५ लाखको सहयोग

मंगलबार, २७ मंसिर २०७९
उदयपुरको बेलका नगरापालिकालाई भारतिय दूतावासले ४ करोड ६५ लाख रुपैयाँ सहयोग गरेको छ । दूतावासले बेलका–१ मा रहेको जनता बेलका मावी पुरन्दहको भवन निर्माणका लागि सहयोग गरेको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुतावास र बेलका नगरपालिका बिच मन्त्रालयको समन्वयमा सम्झैता हस्ताक्षर भएको हो । हस्ताक्षर नगरप्रमुख अशोक कार्की र दुतावासको तर्फबाट सचिव करुण बम्सल बीच मंगलबार भएको थियो । उक्त सहयोगले बेलका नगरको शिक्षा क्षेत्रमा सहयोग पुगेको नगर प्रमुख कार्कीले बताएत । बेलाकालाई भवन बनाउन सहयोग गरेको भारतिय दूतावास र त्यो सहयोगको वातवण मिलाई दिने उदयपुर क्षेत्र नम्बर १ का सांसद तथा परराष्ट्र मन्त्री डा। नारायण खड्कालाई समेत मेयर कार्कीले धन्यवाद दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार