भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाखको पुरस्कार

मंगलबार, २७ मंसिर २०७९
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने भएको छ । चर्चित अर्थशास्त्री डा स्वर्णिम वाग्लेले मंगलबार भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिन लागेको जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै वाग्लेले उक्त कुराको खुलासा गरेका हुन् । वाग्लेले भनेका छन् ‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ देशमा व्याप्त भ्रष्टाचार उजागर गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गर्न लागिएको वाग्लले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार