वराहक्षेत्र धामको पर्यटन प्रवर्द्धनको लागि नगरपालिकाले योजनावद्द ढङ्गले काम गर्ने नगर प्रमुख रमेश कार्कीले बताएका छन् ।
धार्मिक पर्यटकीय नगरीको रूपमा रहेको वराहक्षेत्रको पर्यटन प्रवर्द्धनलाई योजनाबद्द रुपमा विकास गरिने लागिएको हो । वराहक्षेत्र नगरपालिका धार्मिक, ऐतिहासिक एवम् पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ ।
मङ्गलवार सङ्घीय सरकार अन्तर्गत सहरी विकास र अन्तर्राष्ट्रिय सहयोगी संस्था एसियाली विकास बैकका प्रतिनिधि र नगरपालिकाका प्राविधिक सहित वराहक्षेत्र धाम पुगेका नगर प्रमुख कार्कीले वराहक्षेत्र धामको गुरुयोजना बनाएर पर्यटन र भौतिक संरचना निर्माण गर्ने बताएका हुन् ।
नगर प्रमुख कार्कीका अनुसार नगरपालिकाले योजना बनाएर प्रदेश, सङ्घीय सरकार र सहयोगी सङ्घ, संस्थाको सहयोगमा वराहक्षेत्रको विकास, प्रवर्द्धन गरिनेछ। वराहक्षेत्र धामको क्षेत्रमा सप्तकोसी नदिको कटान नियन्त्रण, बसपार्क, कोसी पुलदेखि वराहक्षेत्रसम्म पुग्ने सडकको स्तरउन्नति, धर्मशाला लगाएको पूर्वाधार विकाश र पर्यटन प्रवर्द्धनको योजना बनाएर सहरी विकास र एसियाली विकास बैङ्क सँग योजना माग गरिने छ।
त्यस्तै वराहक्षेत्र-१ मै रहेको सुर्यकुण्ड क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि समेत नगरपालिकाले काम गर्ने योजना बनाइएको नगर प्रमुख कार्कीले बताए। चतराबाट सुर्यकुण्ड जोड्न सडकको स्तरउन्तीको लागि प्राथमिकतामा राखेर काम गरिदिन सहरी विकास र एसियाली विकास बैङ्क सँग आग्रह गरिएको नगर प्रमुख कार्कीले बताए ।
प्रतिक्रिया