अत्यधिक गर्मीका विराटनगरका विद्यालयमा दिइएको बिदा थपियो

शनिबार, २० जेठ २०८०
विराटनगर । तापक्रम नघटेपछि विराटनगर महानगरपालिकाले दुई दिनलाई दिएको विद्यालय बिदा लम्ब्याएको छ। नगरप्रमुखको संयोजकत्वमा शनिबार बसेको सरोकारवालाहरूको बैठकले विराटनगरका विद्यालयमा तीन दिन बिदा थप गर्ने निर्णय गरेको हो। अत्यधिक गर्मी हुन थालेपछि विराटनगर महानगरपालिकाले जेठ १७ गते महानगर क्षेत्रका सार्वजनिक तथा संस्थागत विद्यालयहरू जेठ १८ र १९ गते दुई दिन बिदा दिने निर्णय गरेको थियो। शनिबारसम्म पनि गर्मी नघटेपछि विराटनगर महानगरपालिकाले तीन दिन बिदा थप गरी जेठ २३ गतेसम्मलाई विद्यालय बिदा दिने निर्णय गरेको हो। जल तथा मौसम विज्ञान विभागले अझै केही दिन तराई क्षेत्रमा तातो हावा चल्ने तथा लू लाग्ने सम्भावना रहेको जानकारी दिएका कारण लू लाग्नबाट विद्यार्थीलाई बचाउन थप तीन दिन विद्यालय बिदा दिने निर्णय गरिएको विराटनगर महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार