जिप दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु

विहीबार, २५ जेठ २०८०
काठमाडौं । कालीकोटको रास्कोटमा जिप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । दुर्घटनामा ४३ वर्षीय श्रीमान् मनबहादुर शाही र ३६ वर्षीया श्रीमती मनकुमारी शाहीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए । रास्कोट नगरपालिका वडा नं. १ की ३० वर्षीया रिता शाहीको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको प्रजिअ माझीले जनाए । उनको अवस्था चिन्ताजनक छ । रास्कोट नगरपालिकाको सेरामा ओरालो सडकमा रोकिराखेको ग ३ च ४६१० नम्बरको जिप बिहान साढे ७ बजेतिर ३ सय मिटर तल खस्दा दुर्घटना भएको हो । उक्त जिप रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै थियो । प्रहरीले जिप चालक सुर्खेतका विनोद दर्लामीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार