अस्मिता र विशालको स्वरमा ‘दिलमा ठाउँ दियौ’

शुक्रबार, २६ जेठ २०८०
काठमाडौं । गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विशाल निरौलाको शब्द, संगीत, मिक्सिङ र मास्टरिङ छ । आर्ट मुभिजको प्रस्तुति रहेको भिडियोमा शिव आर ठकुरी र सिजल कडरिया फिचर्ड छन् । भिडियोमा दुवैलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । आर्टम मुभिजले चाँडै नेपाली फिल्म निर्माण गर्दैछ । अष्ट्रेलियामा फिल्म निर्माणको अध्ययन गरिरहेका शिवले बिदामा नेपाल आएको मौका पारी भिडियोमा अभिनय गरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, सुदीप ढकालको प्रोडक्सन छ । भिडियो सुधिर श्रेष्ठको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=ceyt2EPx6m4

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार