वीरगन्ज महानगर : जथाभावी पार्किङ हटाउन महानगर प्रमुखको अनुरोध

शुक्रबार, ०१ पुस २०७९
वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी ढंगले राखिएका पार्किङ हटाउने भएको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउनका लागि अनुरोध गरिसकिएको जनाएको छ । महानगरको अनुरोधलाई अस्विकार गरे बल प्रयोग गरेर हटाइने चेतावनी समेत दिएको छ । महानगर प्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान सडकखण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन आग्रह गरेका छन्। सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको हो । सहायक बाइपाससँगै बाइपास सडकखण्डमा अहिले ठूला सवारीसाधन बस, ट्रक जस्ता गाडी जथाभावी पार्किङ गर्ने गरेका कारण शहर अस्तव्यस्त बन्ने गरेको छ । मेयर सिंहसहितको टोलीले वडा नम्वर ४ विर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित हुन पुगेको भन्दै जथाभावी फोहोर नफाल्न व्यवसायीहरूलाई आग्रह गरेको छ । फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार सञ्चालन गर्न सचेत गराइएको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार