फिफा विश्वकप फुटबलमा अब २ ओटा खेल मात्र बाकी छन् । आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २ ० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३:० ले हराएको थियो ।
मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।
प्रतिक्रिया