संरक्षणका लागि रोपियो चियाका बिरुवा

आइतबार, १७ असार २०८०
इलाम । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सदरमुकाम इलाम बजारनजिक चिया रोपण गरिएको छ । संघाई ग्रुपले लिजमा लिएको चियाबारीमा शनिबार चिया रोपण गरिएको हो । सरकारले ५० वर्षका लागि लिजमा दिएको चिया बगान क्षेत्रमा राज्य वा स्थानीय स्तरबाट गरिने गतिविधिलाई संघाई ग्रुपले अवरोध गर्दै आइरहेको छ । स्याहार नपुग्दा इलामको ऐतिहासिक चियाबारी कुरुप बनेको छ । त्यहीकारण चियाबारीको संरक्षण गर्न चिया रोपिएको जनाइएको छ । चिया रोपणपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष लिलाप्रसाद थापाले चिया रोपण गर्नु सांकेतिक दबाव भएको बताए । कार्यक्रममा इलाम नगरपालिका वडा नम्वर सातका अध्यक्ष नरेश श्रेष्ठले इलामेली भूमिमा हस्तक्षेप भएको भन्दै यसको विरोध गरे । पत्रकार राजेश पराजुलीले जिल्लाका पत्रकारहरु एकजुट भएर चियाको सौन्दर्यीकरण बढाउन दबाव दिनुपर्ने बताए । संघाइले ग्रुपले इलाम र झापाका गरी पाँचवटा चिया बगान लिजमा पाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार