पहिलोपटक विराटनगरमा ‘विराट चलचित्र कार्यशाला’

आइतबार, १७ असार २०८०
विराटनगर । कला, संस्कृति तथा पर्यटन प्रतिष्ठान नेपालको आयोजनामा आजदेखि विराटनगरमा साताब्यापी प्रथम विराट चलचित्र कार्यशाला सुरु भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको कार्यशालामा चलचित्र सम्बन्धी विभिन्न आयाममा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ । कार्यशालाको आज सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गर्दै कला, संस्कृति र चलचित्र क्षेत्रमा आवश्यक सहयोग गर्न प्रदेश सरकार, आफु र नेकपा एमाले सधैं तयार हुने बताए । राष्ट्रिय सभा पूर्व सदस्य तथा आयोजक संस्थाका अध्यक्ष खेम नेपालीले कला, संस्कृति र पर्यटन प्रवद्घनको लागि यस संस्थाले काम गर्ने भन्दै त्यसकालागि तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाकी सामुदायिक महाशाखा प्रमुख अनिता कोइराला, निर्देशक इन्द्र परियार, निर्देशक तथा कलाकार केशव रायमाझी लगायतले पहिलो पटक आयोजना भएको विराट चलचित्र कार्यशालाले महत्वपूर्ण अर्थ राख्ने बताए । कार्यशालामा कोशी प्रदेशभरीबाट आएका करिब ४० जना प्रशिक्षार्थीको सहभागिता छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार