‘राजागन्ज’ मा आउँदै दयाहाङ र निकिता

बुधबार, २० असार २०८०
काठमाडौँ । दीपक रौनियारको निर्देशनमा बन्न लागेको फिल्म ‘राजागन्ज’ को मुख्य भूमिकामा सन् २०१७ की मिस नेपाल निकिता चाण्डक र अभिनेता दयाहाङ राईले अभिनय गर्ने भएका छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा निकिता र दयाहाङ फाइनल भएको जानकारी दिएको छ । यसअघि ‘हाईवे’ र ‘ह्वाइट सन’ निर्देशन गरेका रौनियारको यो फिल्म रामबाबु गुरुङले निर्माण गर्न लागेका हुन् । फिल्म पुलिस थ्रिलर कथामा बन्न लागेको हो । फिल्ममा आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल र पुष्पा यादवको पनि अभिनय रहनेछ । अभिनेता विराज भट्टद्वारा निर्देशित फिल्म ‘साङ्लो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निकिताको ‘राजागन्ज’ दोस्रो फिल्म हुनेछ । आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको प्रस्तुति रहने फिल्मको छायांकन आगामी साउन १२ गतेबाट हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार