गायिका समीक्षा अधिकारीको आक्रोश :"महेश बस्नेतको स्ट्याटसले मेरो चरित्र हत्या भयो"

शनिबार, १४ असार २०८२

काठमाडौँ : गायिका समीक्षा अधिकारीले नेकपा एमालेका नेता महेश बस्नेतप्रति कडा आक्रोश पोख्दै आफूलाई चरित्र हत्या हुने गरी फेसबुक स्ट्याटस लेखिएको आरोप लगाएकी छन् ।

शनिवार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेता बस्नेतको लेखाइले आफू विक्षिप्त भएको उल्लेख गरेकी हुन् ।

गायिका अधिकारीले भनिन्,“सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै हजुरकै विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।”

अधिकारीले जनताको अदालतभन्दा ठुलो केही नहुने बताउँदै,“जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएको कुरा तीन करोड जनतालाई थाहा छ, धेरै भन्न नपार्नुस्,”भन्दै नेता बस्नेतलाई चेतावनी दिएकी छन् ।

उनी अझै स्पष्ट हुँदै भन्छिन्,“बस्नेतज्यूलाई मेरो प्रश्न छ,मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए, के यस्तो लेख्ने हिम्मत आउँथ्यो...?”

महेश बस्नेतले शुक्रवार सामाजिक सञ्जालमा आफ्नो प्रतिवाद पोस्ट गर्दै गायिका अधिकारीको नाम उल्लेख गरेका थिए,जसलाई लिएर कलाकार अधिकारीले कडा आपत्ति जनाएकी हुन् ।

capture_hLmVelvyt1

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार