काठमाडौं । गायिका रचना रिमालको ‘फर्की आउ मेरो हजुर’ बोलको गीत सार्वजनिक भएको छ ।
गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई गीतमा देखाइएको छ । परदेशीभुमीमा गरेको परिश्रम र स्वदेशमा डाडाँ पाखामा घाँस दाउरा गर्दै आफनो जिवन यापन गरिरेहेकी एक नारीको वेदनालाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ ।
मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताइन । मौलिक पन र नेपाली माटो र घरातललाई गीतमा समेटन खोजिएको छ ।
विकाश चौधरीको संगीत तथा रुपन सिंह गुरुङ्गको एरेन्जमा तयार गरिएको गीतमा खेम थापा मगरको छायाँकन ,विर बहादुर थारुको सम्पादन तथा दयाराम घिमिरेको निर्देशन गीतमा रहेको छ ।
गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए ।
प्रतिक्रिया