कतार विश्वकपमा मोरक्कोलाई पराजित गर्दै क्रोएसिया तेस्रो बन्न सफल भएको छ । अप्रत्यासित नतिजा निकाल्दै बेल्जियक, स्पेन, पोर्चुगल जस्ता टिमलाई पाखा लगाउदै अघि बढेको ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २(१ गोलअन्तरले पराजित गरेको हो ।
क्रोएसिया अघिल्लो विश्पकपमा उपबिजेता बनेको थियो । चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित भएपछि उपबिजेतामा सिमित बनेको क्रोएसिया यसपटक पनि उच्च प्रदर्शन सहित तेस्रो बनेको हो । सन् १९९८ मा विश्वकपमा डेब्यू गरेको क्रोएसियाले विश्वकपमा तेस्रो हुँदै विश्व फुटबलमा एलिट देशका रुपमा आफूलाई स्थापित गरेको छ ।
प्लेअफ खेलको सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अग्रता बनाएको थियो । तर, मोरक्कोका अचरफ दारीले दुई मिनेटभित्रै क्लोज रेन्जबाट गोल गरेर खेल बराबरीमा ल्याए । मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि शानदार गोल गरी क्रोएसियालाई पुनः अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा मोरक्कोले बराबरीका लागि केही राम्रा अवसरको उपयोग गर्न सकेन । जारी विश्वकपमा आश्चर्यजनक सफलता पाएको मोरक्कोले लगातार दुई हारसँगै आफ्नो विश्वकप अभियान अन्त्य गरेको छ ।
कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ । जहाँ साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना आमनेसामने हुनेछन् । यो खेल दोहाको लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया