नेपाली फिल्म ‘गुराँस’ ले पायो अन्तर्राष्ट्रिय अवार्ड

मंगलबार, २६ असार २०८०
काठमाडौँ  । चेक गणतन्त्रमा आयोजित ‘दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाली फिल्म ‘गुराँस’ ले जुरी अवार्ड जितेको छ । गत बुधबार वर्ल्ड प्रिमियर गरिएको फिल्मले प्रोक्सिमा स्पेसल जुरी पुरस्कार हात पारेको हो । फिल्ममा दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ । त्यसका लागि कुकुर हराएपछि खोजीमा निस्किएकी १० वर्षीया बालिकालाई प्रयोग गरिएको छ । निर्देशक सौरभ राईले दुई पुस्ता अर्थात् आमाबुबा र छोरीका माध्यमबाट अलग चिन्ता र चिन्तनलाई फिल्ममा प्रस्तुत गरेका छन् । वर्ल्ड प्रिमियरमा सहभागी हुन निर्देशक सौरभ, अभिनेत्री मेनुका प्रधानलगायत प्राग गएका हुन् । फिल्ममा दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ । त्यसका लागि कुकुर हराएपछि खोजीमा निस्किएकी १० वर्षीया बालिकालाई प्रयोग गरिएको छ । निर्देशक सौरभ राईले दुई पुस्ता अर्थात् आमाबुबा र छोरीका माध्यमबाट अलग चिन्ता र चिन्तनलाई फिल्ममा प्रस्तुत गरेका छन् । वर्ल्ड प्रिमियरमा सहभागी हुन निर्देशक सौरभ, अभिनेत्री मेनुका प्रधानलगायत प्राग गएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार