इटहरी । शैक्षिक हबका रुपमा विकास भइरहेको सुनसरीको इटहरीमा रहेको विश्व आदर्श कलेज अग्रणी शैक्षिक संस्थामा पर्छ । यो कलेज पूर्वी नेपालमै उत्कृष्ट शिक्षण संस्थामध्ये पर्छ ।
कलेजको सबै तह र संकायमा गरी वार्षिक तीन हजार पाँच सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् ।
पछिल्लो समय होटल मेनेजमेन्ट विषय पनि थप गरिएकाले विद्यार्थीको आकर्षण अझ बढेको छ ।
कलेजमा कमर्स र साइन्समा कम्प्युटर साइन्स समेत पढाइ यसअघिदेखि नै पढाइ हुँदै आएको छ ।
कलेजका प्रिन्सिपल गणेश दुलालका अनुसार २५ वर्ष पुरानो विश्व आदर्शले १० वर्षदेखि नै साइन्स र कमर्समा ३२०–३२० गरेर ६४० जना विद्यार्थीलाई पढाइरहेको छ ।
राष्ट्रिय परिक्षा बोर्डको तथ्यांकअनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको संख्यालाई विश्लेषण गर्दा यो कलेज विगत केही वर्षदेखि प्रदेश १ मा मुख्य ५ अनि सुनसरीमा पहिलो, दोस्रो स्थानमा आउने गरेको छ ।
संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिएको कलेजले कक्षा ११ र १२ मा सञ्चालन गरेको साइन्स र कमर्स विषयमा विद्यार्थीहरुको संख्या उल्लेख्य छ ।
दक्ष शिक्षकद्वारा पढाइ, अनुशासित वातावरणका साथै सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने गरेको छ । यही कारण विश्व आदर्श विद्यार्थीको रोजाइमा पर्ने गरेको प्रिन्सिपल गणेश दुलालको भनाई छ ।
यो कलेजमा अध्ययन गरेका विद्यार्थीहरु सरकारीदेखि गैरसरकारी क्षेत्रको उच्च तहसम्म पुगेका छन् । कतिपय व्यापार व्यवसायको क्षेत्रमा स्थापित बनेका छन् ।
कलेजले जेहेन्दार, विपन्न र उत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति र विशेष छुटसमेत दिने गरेको छ ।
शिक्षा जस्तो कुरामा शिक्षालय परिवर्तन गरिरहँदा विद्यार्थीहरुलाई अध्ययन गर्न असजिलो हुने भएकोले पनि विद्यार्थीले समयमै सही शिक्षालय छनोट गर्न कलेजका अध्यक्ष लेखनाथ घिमिरे सुझाव दिन्छन् ।
उनले साथीको लहैलहैमा भर्ना हुनुभन्दा पनि सम्बन्धित कलेजमै गएर, हेर्न र निर्णय गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
विद्यालयले विभिन्न सामाजिक काममा पनि अग्रसरता लिने गरेको छ । निःसहाय बाल आश्रमका बालबालिकाहरुलाई निःशुल्क पढाउनेदेखि इटहरीका १० वटा सामुदायिक विद्यालयहरुलाई प्रत्येकलाई १५ जोर डेस्क बेन्च सहयोग गरेको छ ।
यसैगरी आधुनिक प्रविधिबाट विद्यार्थीलाई प्रभावकारी ढंगले सिकाउने गरिएको छ । ‘माइ सेकेण्ड टिचर’ प्रयोग गरी विद्यार्थीलाई सजिलो तरिकाले प्रभावकारी सिकाइको काम गरिरहेको दुलालले बताए ।
प्रतिक्रिया