बिर्तामोड नगरका सचिवहरु वडा ५ मा काम गर्न नजाने अडानमा

शुक्रबार, २९ असार २०८०
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्वर ५ मा काम गर्न नजाने वडा सचिवहरुले अडान लिएका छन् । बिर्तामोडका १० वटै वडाका सचिवहरुले नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउदै यस्तो अडान राखेका हुन् । नगरका १० वटै वडाका सचिवहरु नगरपालिकामा भेला भई ध्यानाकर्षण पत्र बुझाएका हुन् । वडा नं. ५ बाहेक अन्यजुनसुकै वडामा पुगेर काम गर्न तयार भए पनि आत्मसम्मानमा ठेस पुग्ने काम हुने ठाउँ नजाने उनीहरुको भनाइ छ । वडा सचिवहरुले भने, ‘मानीवय त्रुटिमा पनि बदनाम हुने ठाउँ जान सकिँदैन । त्यहाँ हामी बाहेकलाई खटाइयोस् ।’ वडा सचिव विमल पोखरेलले समयको पालना नगरेको भन्दै वडाअध्यक्ष रोहित प्रसाई नगर परिसरमा धर्नामा बसेकाथिए । उनले धर्नास्थलबाटै सेवा समेत दिएका थिए । सोही समस्याको समाधानका लागि हिजो बसेको कार्यपालिका बैठकले वडा सचिवलाई कारबाही गर्ने भनिएको निर्णयप्रति उनीहरुले आपत्ति जनाएका छन् । वडा सचिवलाई फिल्डको समेत महत्वपूर्ण जिम्मेवारी हुने हुँदा विद्युतीय हाजिरीलाई आधार मानेर कारबाही गर्न नहुने उनीहरुको तर्क छ । कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई वडा सचिव व्यवस्थापन गर्ने जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार