टेम्पो दुर्घटनामा एकको मृत्यु, चारजना घाइते

बुधबार, ०३ साउन २०८०
विराटनगर । पाँचथरमा टेम्पो दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ । सदरमुकाम फिदिम बजार नजिकै भएको दुर्घटनामा ५५ वर्षीया हरिमाया तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ०१००१ स ८७०५ नम्बरको टेम्पो दुर्घटना हुँदा चारजना घाइते भएका छन् । चालक दीपक लिम्बू, फिदिम ६ की वसन्ती लिम्बू र फिदिम ६ का सन्देश लिम्बू घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार