स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

शुक्रबार, ०५ साउन २०८०
विराटनगर । स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । भारतबाट आइरहेको बीआर ०१ पीजी २११ नम्बरको भारतीय टाटा सफारी जीपलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा जाँच गर्ने क्रममा रकम फेला परेको थियो । जीपमा सवार ८१ वर्षीय रामनरेश सिंहको साथमा रहेको झोलामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । गाडी र रकमसहित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंह भारत, बिहारको बारबिघा, दिनकर नगर निवासी भएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालक ३३ वर्षीय रतिश दासवानलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुको साथमा रहेको दुईवटा मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार