काठमाडौं । इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ ।
सुवास कार्की (कार्कीजी) को शब्द रचनामा गीत तयार गरिएको हो ।
विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो ।
गीतलाई गायिका प्रसाईंको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईंले बताइन् ।
गीतमा धोका पाएपछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ ।
प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।
गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिँदा अप्रिय घटनाहरु भैरहेका भावनाहरु गीतमा पोखिएको छ ।
स्यान्डिकुमार पन्डितको छायाँकन, एसडी हाउसको सम्पादन तथा सुवास शाहको गीतमा निर्देशन छ ।
गीतमा गायिका प्रसाईंसहित उनको प्रेमीका रुपमा कलाकार समीप निरौलाले अभिनय गरेका छ्न् ।
https://www.youtube.com/watch?v=vK91CU7PnP8&feature=youtu.be
प्रतिक्रिया