काठमाडौं । नयाँ पुस्ताको सहभागितामो ‘बालापनको तीज’ बोलको मौलिक तीज गीत सार्वजनिक भएको छ ।
तीजको मौलिकता र मर्मलाई जीवन्त बनाइएको सुमधुर स्वरकी धनी गायिका बबिना भट्टराईले सार्वजनिक गरेकी हुन् ।
बबिनाको मूल स्वर रहेको गीतमा सुप्रिमा जेसस, रोशिका दिप्साल, रितिसाको समूह गायन छ । गीतमा यी नव गायिकाहरुले बबिनासँग सवालको जवाफ दिएका छन् ।
भीष्ममणि पाण्डेको शब्द रचनामा गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा बबिनाकै संगीत सुन्न सकिन्छ।
गुरुआमा र बालबालिकाको सम्वादको आधारमा लेखिएको गीतले बालबालिकालाई संस्कार सिकाउने भाव बोलेको छ । गुरुआमाको भेष अनि भावमा गायिका तथा संगीतकार बबिना भट्टराईको जीवन्त अभिनय छ भने स्वर र संगीतको बेजोड तारतम्यले गीत उत्कृष्ट बनेको छ ।
नृत्यमा संलग्न बाल कलाकारहरु इशा घमाल, सहिना लामा, स्वेजला महर्जन, ज्योति रानामगर, जेशिका रोक्का मगर, सुजाता थापा, सीमा तामाङ,सक्रिना श्रेष्ठ, आशा थापा, प्रशिद्धी भट्टराई, अनुजा भट्टराई, अरुणा तामाङ, श्रीषा थापामगर, वीना रानामगर अभिनय छ ।
सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। केशबराज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।
https://www.youtube.com/watch?v=Ky_j5u7kq4g
प्रतिक्रिया