इन्जिनियरिङ अध्ययन शुल्क नबढाउन माग

शुक्रबार, १९ साउन २०८०
काठमाडौं । इन्जिनियरिङ अध्ययनको शुल्क बढाउने सरकारको निर्णयको विरोध गर्दै काठमाडौंमा विद्यार्थीले प्रदर्शन गरेका छन्। राजधानीको थापाथलिस्थित थापाथली इन्जिनियरिङ कलेजको गेट अगाडि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक शुल्क बढाउने तयारी थालेको छ। २०५३ सालपछि संस्थानले पहिलोपटक शुल्क बढाउने तयारी गरेको हो। यसैको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन्। विद्यार्थीले आफूहरूले तिर्न सक्नेखालको शुल्क निर्धारण राख्नुपर्ने लगायतका माग राखेका छन्। सरकारको गैरजिम्मेवारीपनका कारण आफूहरू विदेशिनुपर्ने बाध्यता आएको विद्यार्थीहरूको गुनासो छ । इन्जिनियरिङ अध्ययन संस्थानले १४० प्रतिशतसम्म शुल्क बढाउनु पर्ने भन्दै प्रतिवेदन निकालेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार