तीजको अवसरमा ‘भदौरे झरी’

बुधबार, ०६ भदौ २०८०
इटहरी । हरितालिका तिज पर्वका अवसरमा मैलिक लोक तथा संगिनी भाकाको तिज गीत ‘भदौरे झरी’ बोलको गीत सार्वजनिक गरिएको छ । गायिका ऋचा काफ्लेको युटुब च्यानलमार्फत् सार्वजनिक भएको उक्त गीत कवि गणेश खड्काले लेखेका हुन । दुर्गा पराजुलीको संगीतमा लयबद्ध गीतले पुरानो मौलिक संगिनी भाकामा मौलिक कथालाई बुझाउने प्रयास गरेको छ । समाजका चलनचल्तीमा रहेका ठेट भाषा र भाकामा गाइएको उक्त तिज गीतले विस्तापित हुँदै गरेका मौलिकतालाई पुनर्जीवन दिएको र पारिवारिक वातावरणमामा सुन्न र हेर्न मिल्ने गीतमा स्वर दिन पाउँदा खुसी लागेको गायिका ऋचा बताउँछिन् । इटहरीको सुनाखरी कला कुन्जमा आयोजित एक कार्यक्रममा गीतको म्युजिक भिडियो बारेमा जानकारी गराइएको थियो । म्युजिक भिडियोलाई शिरकुमार साम्पाङले निर्देशन तथा सम्पादन गरेका हुन् भने दिनेश राईको छायांकन छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार