संसदीय दलको निर्वाचनपछि पहिलोपटक कांग्रेस सांसदहरुको भेला बालुवाटारमा

शनिबार, ०९ पुस २०७९
प्रधानमन्त्री  शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् । दिउँसो १२:३० बजे बालुवाटारमा उपस्थित हुन कांग्रेस सांसदहरुलाई सर्कुलर गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । संसदीय दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला बालुवाटारमा हुन लागेको हो । सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरुलाई बोलाएका हुन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि वहुमत जुटाउन सांसदहरुको हस्ताक्षर समेत गराइरहेको छ । केही सांसदले खाली कागजमा सही गरेका छन् भने बाँकीलाई हस्ताक्षर गराउन बालुवाटार बोलाइएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार