पत्रकार महासंघ केन्द्रीय साधारणसभा भब्यताका साथ सम्पन्न भएको छ ।
सुर्खेतमा आयोजित साधारणसभाका क्रममा महासंघले १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । ८ पुसमा सुरु भएको साधारणसभामा देशभरबाट महासंघका शाखा प्रतिनिधि तथा पत्रकारसँग सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । उद्घाटन सत्रमा पत्रकारिता क्षेत्रमा लामो सय संक्रिय रुपमा सहभागी सञ्चारकर्मी एवं पत्रकारलाई राष्ट्रपति भण्डारीले सम्मान पनि गरेकी थिइन् ।
महासंघले जारी गरेको सुर्खेत घोषणापत्रका पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग गरी भइरहेको स्वतन्त्रताको हक हनन, विधिन्न तहका सरकारमा भइरहेका सूचनाको हकको हनन, सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माणमा ढिलाइ जस्ता विषयलाई जोड दिइएको छ । प्रेस स्वतन्त्रता हननका घटना रोक्न समेत महासंघले जोड दिएको छ ।
प्रतिक्रिया