महानगरले लिएको छात्रवृत्ति प्रवेश परीक्षाको अनुगमन

आइतबार, १७ भदौ २०८०
विराटनगर । विराटनगर महानगरपालिकाले १० प्रतिशत छात्रवृत्तिका लागि लिएको प्रवेश परीक्षाको महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीलगायतले अनुगमन गरेका छन् । महानगरले शनिबार कक्षा ११ का लागि छात्रवृत्तिको प्रवेश परीक्षा लिएको थियो । मेयर कोइरालाले विराटनगरस्थित आदर्श मावि र पोखरिया मावि केन्द्रमा सञ्चालित प्रवेश परीक्षाको अनुगमन गरेका थिए । नेपाल सरकारको नियमअनुसार सबै निजी शैक्षिक संस्थाले अनिवार्य रुपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुट्याउनुपर्नेछ । महानगरले लिएको छात्रवृत्तिमा १ हजार १५० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६९८ जनाले छात्रवृत्ति पाउनेछन् । छात्रवृत्तिका लागि लिइएको प्रवेश परीक्षामा महानगर क्षेत्रभित्र ११ र १२ कक्षा सञ्चालन गर्ने १४ वटा विद्यालयले सहभागिता जनाएका छन् । अनुगमनमा, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा सदस्य अञ्जु दाहालसहित सचिवालयको टिमलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार