रामचन्द्र पौडेलले भने गठबन्धन सकियो, प्रचण्ड पुगे बालकोट

आइतबार, १० पुस २०७९
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको सहकार्य सपाप्त भएको बताएका छन्  । आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको पौडेलले बताएका हुन्  । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेर हिडेको पौडेलको भनाई थियो । यता बैठकपछि नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने प्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि गठबन्धन जोगाउने पक्षमा रहेको बताए । उनले दलहरु पुनः छलफलमा बस्ने बताए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बैठकबाट उठेर ओली निवास बालकोट पुगेका छन्

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार