काठमाडौं । नायिका गौरी मल्लको ‘धिनताका नाकाधिन’ नामक तीज गीत सार्वजनिक सार्वजनिक भएको छ ।
काठमाडौंमा एक विशेष कार्यक्रमका बीच मल्लकै स्वर शब्द र संगीतमा रहेको सो तीज गीत सार्वजनिक गरिएको हो ।
नायिका मल्ल, मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियोको निर्देशन सन्तोष राजबहाकले गरेका हुन् । एल्बम सार्वजनिक कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाललगायत कलाकार उपस्थित थिए । उनीहरुले गीतको सफलताको शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया