इटहरी उपमहानगरपालिकाले बुधबार शोक विदा दिने निर्णय गरेको छ । इटहरी उपमहानगरपालिकाका २० ओटै वडाहरुमा विदा दिने निर्णय गरिएको इटहरी उमपहानगरपालिकाले बताएको छ ।
उपमहानगरपालिकाको कार्यालय रहेको जग्गाका दाता रामजीप्रसाद चौधरी र मानपुर चौधरीका सन्तान खेमनारायण चौधरीको निधन भएको शोकमा शोक विदा दिने निर्णय गरिएको नगर प्रमुख हेमकर्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । चौधरीको आज निधन भएकाले बुधबार अर्थात भोलि शोक विदा दिइएको हो ।
नगर प्रमुख पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका कार्यालयहरूबाट उपलब्ध हुने सबै सेवा बन्द रहने बताइएको छ ।
प्रतिक्रिया