काठमाडौं : जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जवाफ दिएका छन् । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा जाँचवुझ आयोगले महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनलाई बयानका लागि बोलाएको थियो ।
जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगले बालेनलाई बयानका लागि बोलाएसंग आज आज आयोगलाई लिखित जवाफ दिएका हुन् ।
आयोगले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, तत्कालिन एआइजि दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको बयान लिइसकेको छ ।
प्रतिक्रिया