इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । गठबन्धनमा रहेका कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी भएपछि आजै नयाँ मन्त्रीकाे सपथ हुनेछ । नयाँ मन्त्रीकाे सपथका लागि प्रदेश प्रमुखसँग आज बेलुका साढे ४ बजेकाे समय लिइएकाे छ ।
सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पनि आजै सबै मन्त्रीले राजीनामा दिने बताए ।
एमालेबाट विदुर लिङथेप, आर्थिक मामिला तथा योजना, चिन्तन पाठक खानेपानी सिँचाइ तथा ऊर्जा र इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उमाकान्त गौतमलाई राज्यमन्त्री बनाउने तयारी छ ।
कांग्रेसबााट प्रदीप सुनुवार, भौतिक पुर्वाधार , भीम पराजुली पर्यटन वन तथा वातावरण र मानबहादुर लिम्बू स्वास्थ्यमन्त्री इस्राइल मन्सुरी उद्योग कृषि तथा सहकारी मन्त्री बनाउने तयारी छ । शोभा चेम्जोङलाई राज्यमन्त्री बनाउने तयारी छ ।
एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई छन् । कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम छन् ।
प्रतिक्रिया