नयाँ च्याटबट ल्याउँदै मेटा, च्याटजीपीटी जस्ता एआई टुललाई चुनौती

शनिबार, १३ असोज २०८०
काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान हुने, तर विभिन्न सेलिब्रेटीहरूको व्यक्तित्वसँग मिल्ने छ । यसका लागि र्यापर स्नुप डग, एनएफएल स्टार टम ब्रेडी, युट्युबर मिस्टर बिस्ट लगायतका सेलिब्रेटीसँग सहकार्य गरेको छ । मेटाको यो एआई टुल प्रारम्भिक चरणमा अमेरिकामा मात्र उपलब्ध हुने छ । त्यस्तै मेटाले प्रयोगकर्तालाई आफूअनुकूलको एआई टुल बनाउन सहयोग गर्ने उद्देश्यले एआई स्टुडियो समेत ल्याउने भएको छ । त्यसबाट बनाइने एआई असिस्टेन्ट वा च्याटबटलाई मेटाको विभिन्न मेसेजिङ प्लेटफर्ममा प्रयोग गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार