लोसपा तत्काल सरकारमा नजाने

शुक्रबार, १५ पुस २०७९
लोकतान्त्रिक समाजवादी पार्टी तत्काल सरकारमा नजाने भएको छ । केही दिन कुरेर मात्र निर्णय लिने पार्टीले निर्णय गरेको हो । हामीलाई सरकारमा समाबेश रहेका पार्टीका तल्लो तहका नेताहरुले प्रस्ताव गरिरहनु भएको छ। तर, शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन । पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले भने । हालसम्म प्रतिपक्षमा बस्ने कि सत्ता पक्षमा बस्ने निर्णयमा नपुगेका लोसपा सत्ता गठबन्धनको गतिविधिलाई नजिकबाट नियाली रहेको छ । नेता शुक्लाले भने, ‘अहिलेको वर्तमान सरकार र गठबन्धनले के गरिरहेका छन् त्यसलाई हामीले नजिकबाट नियाली रहेका छौं, आवश्यकता अनुसार हामीले निर्णय गर्छौ ।’ सत्ता पक्षबाट सरकारमा सामेल हुने विषयमा कुनै पनि प्रस्ताव नआएको बताउँदै उनले ती पार्टीका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव गरेका छन् त्यो आधिकारीक जस्तो नदेखिएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार