धरानकी उषा राईको कुटपिटपछि हत्या गर्ने तीन महिला पुर्पक्षका लागि कारागार चलान

शुक्रबार, १५ पुस २०७९
धरान १३ की एकल महिला उषा राईको कुटपिट र हत्या प्रकरणमा संलग्न आरोपितमध्ये तीन महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुनसरी जिल्ला अदालतले घटनामा संलग्न एक महिलालाई धरौटीमा रिहा गर्न र तीन महिलालाई कारागार चलान गर्न आदेश दिएको हो । अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो । आरोपित अर्की महिला रत्ना सुब्बालाई १ लाख धरौटी लिएर छोड्न आदेश गरेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले जानकारी दिए । तीनै जनालाई झुम्का कारागारमा पुर्पक्षका लागि पठाइएको छ । उषाको कुटपिटपछि उपचारका क्रममा मङ्सिर १३ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार