किन देखिन्छ यस्ता डरलाग्दा सपनाहरु ?

विहीबार, १८ असोज २०८०
सपनाको अर्थ बुझ्न सकिदैन । सपनाहरु राम्रा वा नराम्रो दुवै देखिन्छ । कहिले काँही डरलाग्दा सपनाहरु पनि देख्ने गरिन्छ । प्रसिद्ध लेखक थेरेसा चियुन्गले सपनाको अर्थको बारेमा बताएका छन् । उनले सपनालाई व्यक्तिको व्यक्तिगत वृद्धि र रचनात्मकताको संकेत भएको बताएका छन् । मृत्यु सपनामा कसैको मृत्यु भएको देख्नु जीवनमा आउने परिवर्तनको संकेत हो । यसको अर्थ सपना देख्ने व्यक्तिले जीवनमा कुनै कुरालाई अदबिदा भन्नुपर्ने समय आएको संकेत गर्ने थेरेसा बताउँछन् । कुनै काम, जागिर, घर वा सम्बन्धलाई समाप्त गर्नुपर्ने समय आएको बुझ्न सकिन्छ । गर्भवती हुनु यदि तपाईंले सपनामा आफू गर्भवती भएको देख्नुभयो भने वर्तमानमा गरिरहेको काममा सफलता प्राप्त हुँदैछ भन्ने संकेत हुनसक्छ । नयाँ कुराको सुरुवात हुँदैछ भन्ने संकेत पनि हुनसक्छ । जबरजस्ती कसैसँग सुत्नु सपनामा कसैसँग जबरजस्ती सुत्नुको अर्थ जिन्दगी वा सम्बन्धमा कुनै चिज गुमाउँदै छु भन्ने बुझ्नुपर्छ । भीडमा नाङ्गो हुनु यदि सपनामा भीडमा नाङ्गो भएको देखियो भने देखावटी प्रवृत्तिलाई त्याग्ने समय आएको भन्ने बुझ्नुपर्छ । परीक्षाको लागि तयारी नहुनु सपनामा परीक्षा आएको तर उत्तर दिन नसकेर आत्तिएको सपना देखिन्छ भने आफ्नो व्यक्तित्व विकास गर्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ । कमजोरीलाई छोडेर अगाडि बढ्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ । उचाईबाट लड्न सपनामा अग्लो ठाउँबाट लडेको देखियो भने जिन्दगीमा केही कुराहरु आफ्नो नियन्त्रणबाट बाहिर गएको भन्ने बुझ्नुपर्छ । कसैले पिछा गरेको वास्तविक जीवनमा कसैसँग भागिरहेको हुनुहुन्छ भने सपनामा उक्त परिस्थितीसँग जुझिरहेको हुनुहुन्छ । कुनै भावना वा जिम्मेवारीबाट भाग्दै हुनुहुन्छ भने त्यसको सामना गरेर अगाडि बढ्न संकेत दिएको हुनसक्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार