इटहरीका अब्यबस्थित तार र होडिङ्ग बोर्डहरु हटाउन थालियो

शनिबार, १६ पुस २०७९
इटहरी मुख्य चौकमा जथाभावि राखीएका होर्डिङ्ग बोर्ड, ब्यानर र तारहरु हटाउन थालिएको छ । शनिवार बुल्स ११ क्लब इटहरीको आयोजनामा इटहरी ६ का वडा अध्यक्ष दिवस पोख्रेल सहितको सक्रियतामा ब्यानर, होडिङ्ग बोर्ड र तारहरु हटाईएको हो । वडा अध्यक्ष दिवश पोख्रेलका अनुसार जथाभावी जेलीएर लत्रीएका तार र अनुमति विना विजुलीका पोल लगायत अन्य स्थानहरुमा राखीएका व्यानर, होडिङ्ग बोर्ड र तारहरु हटाईएको हो । 'हामिले नेट र केवल कम्पनिहरुलाई पटक पटक अनुमति बेगर जथाभावि राखीएका तथा लत्रीएका ताहरु हटाउन आग्रह गरेका थियौ तर चासो नदिएकाले लत्रीएका तारहरु काटेका छौ' वडा अध्यक्ष पोख्रेलले भने । पोलहरुमा जथाभाबी अव्यवस्थित तरीकाले राखीएका बिभिन्न नेट केबलका तारहरुले इटहरीको सुन्दरतामा असर पुग्नु साथै बाटो हिड्ने गर्ने पैदल यात्रीहरुलाई डर,त्रास असहज भएको अवस्थामा तार तथा अनावश्यक होडिङ्ग बोर्ड र ब्यानरहरु हटाउने कार्य सुरु गरीएको बुल्स ११ क्लबका उपाध्यक्ष रामु राईले बताए । उनले भने ूहामीले विगत २ बर्ष देखि इटहरीमा सरसफाई गरीरहेका छौ तर भुईका फोहोरहरु सफा गरीए पनि तार तथा अनावश्यक होर्डिङ्ग बोर्डले इटहरी कुरुप देखीन थाल्यो र हामीले यो अभियान थालेका हौ ।ू आउदा दिनहरुमा यो अभियानलाई निरन्तरता दिने पनि राइले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार