इलाम, कात्तिक : चाडपर्वलाई लाई लक्षित गरी माईजोगमाई गाउँपालिकाले बजार श्रेत्रका बिभिन्न पसलहरु अनुगमन गरेको छ ।
पालिका अनुगमन समितिकी संयोजक प्रविना राईको नेतृत्वमा भएको अनुगमनको क्रममा बिभिन्न अखाद्य वस्तु समेत फेला पारेको थियो । म्याग गुज्रीएका र स्वास्थ्यमा हानी गर्ने खालका वस्तु फेला पारी बरामद समेत गरिएको थियो ।
गाउँपालिकाको प्रमुख बजारका रुपमा रहेको नयाँबजार क्षेत्रका पसलहरुमा अनुगमन गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, पालिकाका कर्मचारी लगायत बजार व्यवस्थापन समितिका पदाधिकारीहरु साथै प्रहरीहरुको उपस्थितिमा अनुगमन गरिएको थियो ।
अखाद्य वस्तुहरु पालिकाका प्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन लगायको उपस्थितीमा नस्ट समेत गरिएको थियो ।
२५ वटा पसलमा म्याद नाघेका र अखाद्य वस्तु फेला परेका थिए । साथै दर्ता नभइ समेत पसलहरु सञ्चालनमा रहेको पाइएको थियो । बिनादर्ता सञ्चालित पसलहरुलाई वडामा तत्काल दर्ता गर्न सुझाव समेत दिइएको थियो ।
प्रतिक्रिया