दशै शुभकामनासँगै मजदुरलाई सहयोग

शुक्रबार, ०३ कार्तिक २०८०
धरान ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले नजिकिएका चाडबाडको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनको कार्यालय धरान–२ मा सम्पन्न कार्यक्रममा शुभकामनासँगै मृगौला रोग पीडित मजदुरलाई सहयोग समेत गरेको छ । टेम्पो चालक आयुष मगरकी श्रीमती अरुणा लामालाई उपचारमा सहयोग स्वरुप १७ हजार ५ सय रुपैया सहयोग समेत गरेको छ । नेकपा एमाले सम्बद्ध मजदुर संगठनले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटिमा धरान क्षेत्रबाट निर्वाचित सदस्यहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले एमाले सधै मजदुरको हितमा काम गरिरहेको बताइन् । उनले आफु धरान उपमहानगरपालिकाको कार्यवाहक मेयर हुँदा धरानको भानुचोकमा हेल्प डेस्कको व्यवस्थान गरेको, मजदुरहरुकोलागी बजेट विनियोजन गरेको स्मरण गरिन् । नेयास्वमस धरानका अध्यक्ष कमल भट्टराईले मजदुरलाई पार्टीले उपेक्षा गरेको कारण निर्वाचनमा पराजय भोग्नुपरेको बताए । उनले संगठनले सधै मजदुरको हितमा काम गरिरहेका बताउदै अफ्टेरोमा परेका मजदुरहरुलाई आर्थिक सहयोग समेत जुटाउदै वितरण गर्ने गरेको बताए । कार्यक्रममा प्रदेश सांसदद्वय रमेशकुमार बस्नेत र विजय राई, संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, पूर्व अध्यक्ष मोतीराज सुनुवार, संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानिया लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार