माेरङबाट पेस्ताेल र गाेलीसहित एक जना पक्राउ

शनिबार, ०४ कार्तिक २०८०
विराटनगर , माेरङबाट पेस्तोल र गाेलीसहित शक्रबारराति एक जना पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटकाे स्काेरपिओ गाडीभित्र पेस्ताेल र गाेली भेटिएपछि सर्लाहीकाे हरिपूर्वा नगरपालिका-७ का २७ वर्षीय रवीन्द्रकुमार यादव पक्राउ परेका हुन् । माेरङकाे धनपालथान गाउँपालिका-२ पैठामा पार्किङ गरेर राखेकाे बीआर ०६ पीए १३६३ नम्बरकाे स्काेरपिओभित्र पेस्ताेल र गाेली फेला परेपछि यादवलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । स्काेरपिओकाे ड्यासबाेर्डभित्र कालाे कपडाले बेरेर राखेकाे अवस्थामा नेपाल तथा सशस्त्र प्रहरीकाे संयुक्त गस्ती टाेलीले राति ९ बजेतिर कटुवा पेस्ताेल र गाेली भेटेकाे हाे । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान अघि बढाइएकाे छ । प्रहरीका अनुसार पेस्ताेल र गाेली कहाँबाट ल्याएकाे भन्ने खुल्न बाँकी छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार