समाजसेवी जगत लामा : बिदेशमा कमाएर नेपालीलाई सहयोग

शनिबार, ०४ कार्तिक २०८०
टीका खतिवडा इलाम कात्तिक  यस्ता समाजसेवी जो दुईछाक टार्न नै मुस्किल पर्ने परिवार खोजेर बर्षौदेखी सहयोग गरिरहेका छन् । पूर्व बृटिस आर्मी समेत रहेका इलाम नगरपालिका ९ का समाजसेवी जगत लामाले बर्षौदेखी समाजमा सहयोग गर्दै आएका छन् । यस वर्ष पनि चाडपर्वका अवसरमा उनले इलाम नगरपालिका भित्रका एक सय ७० परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । सम्वन्धित वडासँग समन्वय गरेर उनले ती परिवारलाई प्रति परिवार एक प्याकका दरले चामल वितरण गरेका हुन् । गरिव, असाहाय र निम्न आय भएका परिवारलाई उनले चामल वितरण गरेका हुन् । चामल पाएपछि इलाम नगरपालिका आठकी सुमित्रा खपांगीले सरकारबाट पाउन नसकेको सहयोग प्राप्त गरेको भन्दै खुसी ब्यक्त गरिन् । अन्जु हिङ्खीमलाई पनि यस वर्ष कसरी चाडवाड मनाउने भन्ने चिन्ता भएको थियो । एक बोरा चामल पाएपछि केही राहत महसुस भएको उनले बताइन् । स्थानिय दुर्गा बहादुर निरौलाले सहयोग गर्ने दातालाई आशिक समेत दिए । बिजयादशमीमा ठुलाले सानालाई आशिक दिने चलन छ । उनले नव दुर्गा भवानीले सहयोगी मनभएका जगत लामालाई दुखी र गरिवलाई सहयोग गर्ने जोश बढोस भनेर आशिक नै दिए । हाल समाजमा दुईछाक टार्न मुस्किल पर्ने परिवारको संख्या समेत उत्तिकै छ । सरकारले जनताकै लागि काम गरेको भन्छ तर वर्षौदेखी गरिव परिवारको अवस्था उस्तै छ । बिदेशमा बसेर कमाएको पैसाबाट गरिव परिवारलाई सहयोग गर्न पाएकोमा लामाकी श्रीमती दिलमाया तामाङले खुसी ब्यक्त गरिन् । लामा परिवारले तीनवर्ष देखी इलामका बिभिन्न ठाउँमा रहेका गरिव परिवारलाई चामल वितरण गर्दै आएको छ । त्यसअघि पनि इलाम नगरपालिका १२ साङरुम्बामा सडक निर्माणमा आठ लाख माथी सहयोग गरेको थियो ।   बिभिन्न बिद्यालयलाई बिभिन्न किसिमका सहयोग, बृद्धबृद्धालाई सहयोग, धार्मिक मठमन्दिरमा सहयोग गर्दै आएका छन् । समाजसेवी लामाले आफुले प्रत्येक वर्ष गसैगरि सहयोग गर्ने गरेको बताए । यस वर्ष मात्र चर्चा भएको उनको भनाई छ । हाल समेत देशमा तीन तहका सरकार क्रियाशिल छन् । नेपाली जनताले राजतन्त्र, लोकतन्त्रसँगै हाल संघिय गणतन्त्रसम्म देशलाई पुर्याइ सकेका छन् । तर गरिव जनताको अवस्था उकास्न तीनै तहका सरकारले ठोस काम गर्न सकेको छैन । देशमा ब्यवस्था परिवर्तन भएपनि सरकार सञ्चालन गर्न पुगेकाहरुको पनि आसेपासेले मात्र सरकार भएको महसुस गरिरहेका होलान् । मागेर खाने दिनको अन्त्य हालसम्म हुन सकेको छैन । आउँदै गरेको बिजयादशमी, शुभदीपावली, छठ पर्व, नेपाल संवद लगायतका चाडपर्वले सरकार सञ्चालन गर्नेहरुमा सद्बुद्धी प्राप्त होस । जनताले सरकार भएको महसुस गर्न पाउन हाम्रो पनि शुभकामना ।  

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार