महिला कबड्डी टोलीकी खेलाडी हल्दिवारीकी राई नगदसहित सम्मानित

सोमबार, ०६ कार्तिक २०८०
झापा । १९ औँ एशियाली खेलकुदमा कांस्य पदक जित्ने नेपाली महिला कबड्डी टोलीकी खेलाडी झापा हल्दिवारीकी अनुजा कुलुङ राई सम्मानित भएकी छन् । झापाको हल्दिबारी गाउँपालिकाले एशियाली खेलकुदमा कांस्य पदक दिलाउने महिला कबड्डी टीमकी खेलाडी हल्दिबारी ३ निवासी राईलाई नगदसहित सम्मान गरेको हो । हल्दिबारी वडा नं १ गोलधाप बजारमा बडादशैको अवसरमा आयोजित शुभकामना आदानप्रदान ,पुनर्मिलन एवम् सांस्कृतिक कार्यक्रममा गाउँपालिकाले उनलाई सम्मान गरेको हो कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले राईलाई खादा,अबिर र सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन , उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ९महेन्द्र ० ले ४५ हजारको चेक प्रदान गरेका थिए । गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी ,पार्टी प्रतिनिधिलगायतको सहभागिता रहेको कार्यक्रमको संचालन गाउँपालिकाका गुनासो अधिकारी राजन न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार