ठाउँ अभावमा संकटमा आदिवासी दसैँ मेला संस्कृति

बुधबार, ०८ कार्तिक २०८०
झापा । ठाउँको अभाव हुन थालेपछि झापामा दसैँमा लाग्दै आएको मेला संकटमा परेका छन् । मेला लाग्ने झापाका अधिकांश ठाउँ अतिक्रमित भएका छन् । परम्परादेखिको दसैँ मेला घट्नुका साथै साँघुरो ठाउँमा मेला अव्यवस्थित बन्दै गएको छ । दसैँ मेला लाग्ने झापाको गरामनी, बिर्ताबजार, राजगढ, घैलाडुब्बा, भद्रपुर, चकचकी फूलबारी, झापा बजार, कामाटोली, शरणामती, अर्जुनधाराको बैसाबाडी, शनिश्चरे, चारआलीलगायतका अधिकांश ठाउँलाई अतिक्रमण गरिएको हो । मेला लाग्दै आएको विद्यालयका खेलमैदान, ऐलानी, पर्ती जग्गा मासिएको छ । परापूर्वकालदेखि दसैँमा लाग्दै आएको मेलाहरूलाई विस्थापित गर्न खोजेपछि मेला भरेर दसैँ मान्दै आएका आदिवासीहरूको मेला संस्कृति संकटमा परेको हो । दसैँको महानवमीको दिनदेखि गरामनीबाट सुरु हुने मेला एक सातासम्म विभिन्न ठाउँमा लाग्ने गरेको थियो । मेलामा रमाइलो गरेर उनीहरूले दसैँ मान्ने गरेका थिए । बढ्दो सहरीकरणसँगै आदिवासीहरूको मेला संस्कृतिको महत्व नबुझिदिँदा दसैँ मेलाहरू संकटमा परेको आदिवासी नेता त्रिनारायण राजवंशी गुनासो गर्छन् । अहिलेको जस्तो होहल्ला र ठेलामठेल मेलामा हुने नगरेको उनले बताए । मेला भर्नकै लागि आदिवासीहरूले दसैँमा नयाँ लुगा किन्ने गरेका छन् । उहिले यातायातका साधन नभएको बेला सम्पनी गाडा ९सजिसजाउ पारिएको गोरु गाडा मा चढेर सपरिवार मेला भर्न गएको र मेलामा धक्रा झालङ झल्ला र तन्ना०मा बसेर घुम्नी मुरी चना मुरै र जुलपी खाएको सम्झना उनमा अझै बाँकी छ ।              

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार