१४ बर्षीय बालिकालाई करणी गरेको अभियोगमा २२ बर्षीय युवक पक्राउ

मंगलबार, १९ पुस २०७९
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिक रहेका छन्  । बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । बिकले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार