नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिव रामकुमारी झाँक्रीलाई कार्वाही गर्नुपर्ने आवज उठेको छ ।
पार्टीको मंगलबारको पोलिटब्युरो बैठकमा चुनावी समीक्षाका क्रममा नेताहरूले यस्तो माग गरेका हुन् ।
‘पार्टीकी सचिव रामकुमारी झाँक्री लगायतका केही नेता कार्यकर्ता माथि कारबाही गर्नुपर्छ भन्ने धारणा नेताहरूले राखेका छन्’, एक पोलिटब्युरो सदस्यले भने ।
सचिव झाँक्रीले फरक पार्टीको पैरवी गरेकाले उनीमाथि कारबाही हुनुपर्ने माग उठेको हो ।
पछिल्लो समय नेता झाँक्री लगायतका केही नेताहरुले एमाले र माओवादीको पैरवी गरेको भन्दै बैठकमा एक पार्टीको जिम्मेवार नेताले अर्को पार्टीको पैरवी गर्न मिल्छ ? भन्दै प्रश्न गरिएको थियो ।
पार्टीका जिम्मेवार कतिपय नेताहरूले आफूअनुकुल गुटबन्दी गर्ने गरेकाले उनीहरूमाथि समेत छानबिन गरी कारबाही गर्नुपर्ने आवाज उठेको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिएकी छन् ।
प्रतिक्रिया