दाङ २ मा शंकरसँग मतान्तर बढाउँदै रेखा

मंगलबार, ०६ मंसिर २०७९
दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् । गठबन्धनबाट साझा उम्मेदवार शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेललाई पछाडि पार्दै आफ्नो अग्रता सुरुदेखि नै कायम राखेकी छन् । नेकपा एमाले महासचिव पोख्रेल शर्माभन्दा १ हजार ३५२ मतान्तरले पछाडि छन् । १६ हजार २९ मत गणना हुँदा शर्माले ६ हजार ५६० र पोखरेलले ५ हजार २०८ मत पाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार