महानगरले चलायो कोशी अस्पतालको सटरमा  डोजर 

विहीबार, २१ पुस २०७९
 विराटनगर महानगरपालिकाले कोशी अस्पताल अगाडि निर्माण गरिएका संरचना हटाएको छ । नक्सा पास नगरी  अस्पतालले बनाएका अनाधिकृत संरचना महानगरपालिकाले डाेजर चलाएको हो । अस्पतालको संरचनामा पसल सञ्चालन भइरहेका थिए । ती पसलले अस्पताल पसललाई पछिल्लो समय भाडा बुझाएको थिएनन् । महानगरले पसल सञ्चालन भएका सटर हटाएपछि अस्पताल अगाडि हुने ट्राफिक जाम कम हुने अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथाेकीले बताए । नक्सा पास गर्नका लागि आग्रह गर्दा अटेर गरेपछि संरचनामा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ । कोशी अस्पतालले सटरको बहाल करसमेत बुझाएको थिएन । महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका वर–पीपल र अन्य रुखको हाँगासमेत हटाएको छ ।  भाँचिएर मानवीय क्षति हुने जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको महानगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार