अधुरो प्रेम। ।

सोमबार, ११ मंसिर २०८०
 रिकेश निरौला इनरुवा, सुनसरी हरेक दिन आउ‌ने यो चौबीस घण्टाको अमूल्य समय तिमी साथमा हुँदा एक पल जस्तो मात्र लाग्थ्यो। यी आज सपनाजस्ता दिनहरू तिम्रो सम्झनामा मात्रै बित्ने गर् थियो। मेरो हृदयको दृष्टि जहाँसम्म पुग्थ्यो, म तिमीलाई त्यहाँसम्म देख्ने गर्थे तर तिमीले आज अर्कैको नामको सिँदुरमा सजिएर हिडयौ। सायद आज पनि तिमी मेरो साथमा भएको भए यो सारा दुनियाँको अगाडि म दाबा गरेर भन्न सक्थे मुना मदन, सीता राम रोमियो जुलियट जस्ता नमुना जोडीको नाम लिने समाजले आज तिम्रो र मेरो नाम लिने थियो। हो, साँच्चै आज तिमी म सँगै भएको भए म कति खुसी हुँदै आफूले आफैलाई सौभाग्य साली ठग्थे होला। अझै पनि यो सबैको सामु म निर्धक्क साथ भन्दै छु  मेरो नामको फेसबुक र वाट्सएप तिम्रो नामको पासवर्ड नहाली चल्दैन। तिम्रो सम्झना र मायालुपनलाई बहन गर्न नसक्दा मेरा कयौँ रातहरू अनिदोमै आँसुका बलिन्द्र धाराहरू बहाउँदै बित्यो। तिमी सँग बिताएको त्यो अमूल्य क्षणको कहानीहरू मेरो हृदये पाना पानामा स्वर्णिम अक्षरले कहिल्यै नमेटिने गरी लेखेको थिए। तिमी मेरो लागी त्यस्तो व्यक्ती थियौ जसलाई म तस्बिरमा उतार्न सक्दिन । तिमी त्यो भाव थियौ, जसलाई कालो मसीले सेतो पानाको कापीमा कदापि लेख्न सक्दिन थिए। तर तिमी आज अर्कैको भयौँ, अरूकै संसारमा मलाई दिएका झुटा बाचा कसमहरू सहजै बिर्सेर रमाइ रहेकी छौ। आज खोइ कसरी के भनौँ तिमीलाई, वास्तवमा भन्नु पर्दा एउटा अनौठो जिन्दगीको अनौठो यात्रामा दौडिरहेको छु म। यी शब्दहरू लेखिरहँदा मेरा हातहरू थर थर काँपिरहेका छन्, मुटुको धड्कन बेजोड सँग धड्‌की रहेको छ, अनि मन मस्तिष्कमा भावुकता,अन्यौलता र विवशताले सताइरहेको छ । म पागल सरि तिमीलाई अद्भुत माया गरिरहे, सायद तिम्रो मायामा पागल नै भएको थिए होला। त्यसैले भुलेछु,आफू लाईभन्दा धेरै माया र विश्वास अरू कसैलाई नगर्नु भनेर मेरी आमाले हरबखत मलाई अर्ती दिँदा भनेको कुरा । अब त मलाई तिम्रो जिन्दगीको लागि सोच्ने अधिकार पनि छैन। तिमी पराई भइसकेकी छौ, अर्कै संसारमा रमाउन थाली सकेकी छाई । यो पत्रमा केवल हाम्रो माया प्रेमको अवस्थालाई पछाडि फर्केर हेर्ने कोसिस मात्र गरेको छु। तिम्रो वियोगमा आज मैले रोदनका भेल बगाउँदै गर्दा, तिमीले आफ्‌नो हाँसोको मूल फुटाएकी छौ। त्यसैले तिमी यति धेरै खुसी भएको देखेर, म पनि आज आफ्नो आँसुका थोपा हुलाई सम्हाल्दै मुस्कुराउन बाध्य भएको छु। आफू सधैँ खुसी रम्नु रमाउनु, हाँस्नु हँसाउनु,नाच्नु नचाउनू, सुन्नू सुनाउनु, बाँच्नू बचाउनू । यो दुई दिनको सुन्दर जीवनलाई सधैँ फूल फूलको बगैँचामा फुलाउनू है, मेरो सारा खुसीका पलहरू पनि तिम्रै जीवनमा जाओस्। यही छ मेरो लाखा लाख शुभकामना, अरू थोक त म केनै दिन सक्छु तिमीलाई। मैले तिम्रो जीवनमा जानी नजानी केही दुःख, पिडा दिएको थिए भने, आज दश औला जोडी हृदय देखि नै क्षमा चाहन्छु । अब तिमीलाई पिडा त के तिम्रो छाया पर्ने ठाउँमा समेत रहने छैन केवल तिम्रो भलाई र खुसीका लागी। तिम्रो सफलता भनेकै मेरो सफलता ठानेको छु मैले । म गरिब, अशिक्षित, कुरूप अनि बेसहारा तिमी सँग सातै जुनी अब भेट हुने छैन तिम्रो उज्ज्वल भविष्यका लागि । हावाले बहँदैन भनेर सुख कहाँ पाउँछ र रु हो, यस्तै भयौ तिमी पनि मेरो लागि। तिम्रो अनुहार मनमस्तिष्क बाट बाट हटाऊँ भन्दा पनि मस्तिष्कको रिसाइकलविनमा गएर बस्छ, अनि मलाई बेला बेलामा झस्काउने गर्छ। तिमी सँग बिताएको मिठा पलहरू धेरै भए पनि कुनै एक तितो पनले मेरो जिन्दगी नै नमिठो, उराठलाग्दो बनाई दियो। आज कसरी म विश्वास गरौँ तिमीलाई, तिमीले मलाई आफ्नो जिन्द‌गीको एउटा पाटो ठानेको थियौ भनेर। अब म कसरी मान्नु कि तिमीले मलाई त्यति बेला चोखो माया गरेको थियौ भनेर। फिल्मको कथामा सहर बाट आएको हिरोले गाउँको सोझी राम्री केटीलाई चोखो माया गरेको नाटक गर्छ अनि पछि केहिसमय छोडिदिन्छ, हो त्यस्तै गरिदियौ तिमीले पनि मलाई। फिल्मी शैलीमा सहर बाट आयौ म सँग माया लायौँ अनि कहिल्यै फर्केर नआउने गरी सदाको लागी गयौँ । तिमीले मेरो जिन्द‌गी बरबाद गर्न कुनै कसर बाँकी नछोड्दा पनि अझै तिम्रो यादगार तड्पिन्छ यो मन । जुन समयले तिमि सँग परिचय गरायो, त्यही समयले आज तिमीलाई बिर्सन बाध्य बनाउँदै छ। केवल बिछोडको पिडा र रोदन ले सताएको छ, आँसु नै जीवनको साथी बनाई बाच्न विवश भएको छु। म जुन बनेर तिमीलाई हरेक पल शीतलता छर्न चाहन्थे, फुल बनेर बास्ना छर्न चाहन्छे, अनि तिम्रो अजम्मरी मायामा सदा माछा झैँ पौडिन चाहन्थे। तिमी सँगै जीवनको हजारै माइलको यात्रा तय गर्न चाहन्थे। सगरमाथाको शिखरमा हाम्रो प्रेम कहानी लेख्न चाहन्थे। बिछोडमा तड्पेका कयौँ प्रेमी९प्रेमीका हुलाइ मिलनको पाठ पढाउन चाहन्थे, तर मेरा यी चाहाना हरू म रित सागरको दलदलमा फसे अनि सिसाको गिलास सरी फुटे, म जतिसुकै कातर र कुरूप भए पनि हाम्रो मायाको हिरो बन्न चाहन्थे तर आज तिम्रो तिरस्कारमा निहित बनेर जीवन र मृत्युको दोसाँधमा पानी बिनाको माछा जमी छटपटाइ रहेको छु। आज सम्म पनि म तिमी प्रति कति समर्पित छु हिजो भन्दा कयौँ गुणा। तर पनि के गर्नु समय म भन्दा धेरै अगाडी गइसकेको छ, बस अब त विगतको मिठो स्मृतिहरूले अँध्यारो भविष्य सजाउनु सिवाय केही छैन मेरा लागी। आज म कहिल्यै ननिभ्ने आगलागीको भुङ्ग्रोमा परेर जलिरहेको छु। अनि उम्किनै नसक्ने गरी अमेजनको जङ्गलको बिचमा जेलिएको छु । तिमीले दिएको अमूल्य पिडाको कोसेली यो हाम्रो मायाप्रीतिका बारेमा जाति लेखे पनि म आज अनभिज्ञ भएको छु। सुनिन भट्टराईले लेखेको किताब समर लवमा भनिए जस्तै रोएर मन हलुको हुने भए यो संसार, धेरै अधिनै आँसुको सागरमा डुबिसक्किथ्यो होला। तिमीलाई भुल्न हजार कोसिस गरे, मोबाइलको ग्यालरीमा भएका हामी दुईको सबै फोटाहरू डिलिट गरे, तिम्रो फोन नम्बर, पनि डिलिट गरे। त्यति मात्र होइन म्यासेन्जरमा तिमीसँग गरेका प्रत्येक म्यासेजहरू डिलिट गर्दै तिमीलाई भुल्ने कोसिस गर्दै छु। तिमी जति नै टाढा भएर मलाई धोका दिएपनी तिम्रो बाकी जीवन सधैँ सुन्दर र पवित्र होस् भन्ने कामना राष्ट्र देव भगवान् पशुपतिनाथ सँग गर्छु। तिम्रो वियोगमा हिन्दै गर्दा कतै ढलेछु भने मेरो लास माथि श्रद्धाञ्जली स्वरूप एक थुँगा फुल चढाइदेऊ है माया,सिर्फ एक थुँगा फुल मात्र।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार