उपप्रधान सथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनबिच भेटवार्ता भएको छ ।
भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको उपप्रधानमन्त्रीको सचिवालयले बताएको छ । भेटका क्रममा नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको बुझिएको छ ।
भेटमा राजदूत थोम्पसनले श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका छन् ।
प्रतिक्रिया